छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाईते • Image Khabar Image Khabar


छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाईते


Imagekhabar
१४ चैत्र २०७४, बुधबार ११:१२

छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाईते

गजुरी गाउँपालिका वडा नं ६ बल्सीटारमा बसले पैदलयात्रुलाई ठक्कर दिदाँ एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

महिलालाई ठक्कर दिएलगत्तै चालकले बस भगाएको स्थानीयको आरोप छ । प्रहरीले सो बसको खोजी भइरहेको जनाएको छ ।

त्यस्तै थाक्रे गाउँपालिका वडा नं ७ सातकिलामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिदाँ दुईजना घाईते भएका छन् । काठमाडौँबाट महादेवबेसीतर्फ जाँदै गरेको बा४च ४०९३ नम्बरको एम्बुलेन्सले बा४७प ९५१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सोही गाउँपालिकाका इन्जिनियर सविन घिमिरे र मोटरसाइकलको पछाडि बसेका दिवाकर रायमाझी घाईते भएका छन् । घाईतेहरुको धार्केमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्