बाँके जिल्ला नेपाल प्रेस युनियनद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले अब नेपाली कांग्रेसलाई विधानसम्मत ढंगले चलाउनुपर्ने चुनौती रहेको बताउँदै अहिले पार्टीको बिधिबिधान सम्बत तरिकाले नचलेकाले यो दुर्गति ब्यहोर्नु परेको बताए ।
यसका लागि सबै मिल्नुपर्ने उनको बिचार थियो । पत्रकार भेटघाटमा केवल बोल्नको लागि मात्र बोल्ने होइन सहि अर्थमा पार्टीलाई बलियो बनाउन विधि सम्वत लैजान आफुहरु लागि परेको बताए ।
पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश व्यक्त गर्दै सिंहले पार्टी सभापतिले विधानको मतलब नगरी आफ्नो नजिकको व्यक्तिलाई संरक्षण गर्दै आएको आरोप लगाए ।
वाम गठबन्धनको साम्यावादी व्यवस्था ल्याउन उद्घोष गरेको अवस्थामा सर्वोच्च अदालतको पछिल्लो घटना र प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार आफूकहाँ ल्याएकोमा त्रास उत्पन्न गराएको उनले बताए ।
कुनैपनि अधिनायकवादी व्यवस्था सित कांग्रेस नझुक्ने भन्दै गुण र दोषको आधारमा सरकारको समर्थन र बिरोध रहने बताए ।
हाल केन्द्रीय समिति बैठक जारी रहेकाले चुनावी समिक्षाका अतिरिक्त पार्टी सुधारको लागि विधिवत महत्त्वपूर्ण निर्णय हुने समेत बताए ।
नेपाल ट्रेड युनियन बाँकेको जिल्ला अधिवेशनमा मा सहभागि हुन नेता सिह बुधबार विहान बाँके पुगेका हुन् ।










प्रतिक्रिया दिनुहोस्