इयूको प्रतिवेदन सार्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप : गच्छदार • Image Khabar Image Khabar


इयूको प्रतिवेदन सार्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप : गच्छदार


Imagekhabar
१४ चैत्र २०७४, बुधबार १५:०२

इयूको प्रतिवेदन सार्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप : गच्छदार

विराटनगर विमानस्थलमा बुधबार सन्चारकर्मीसँग कुरा गर्दै उनले संघले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेकामा त्यसको विरोधसमेत गरे ।

उनले ‘नेपाली जनताले सार्वभौम संविधानसभाबाट जारी भएको संविधानप्रति कुनै विदेशी राष्ट्रले पुगेन भन्नु त्यो स्वतन्त्र राष्ट्रप्रति हस्तक्षेप हो’–भने ।

उनले संविधानमा आरक्षणको प्रयोग नभएको स्पस्ट पार्दै ‘जनसंख्याको आधारमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको सिट निर्धारण भएको हो’–भने ।

नेता गच्छदारले सरकारको जिम्मेवार स्थानमा बसेका मन्त्रीबाट सेयरसम्बन्धी टिप्पणीबाट आज सेयरबजार खस्केको छ भन्दै आर्थिक विषयमा ध्यान पुर्‍याएर बोल्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारले वर्तमान सरकारको १०० दिन पूरा नभएकाले अहिले नै कुनै टिप्पणी नगर्ने बताए ।

एक प्रश्नको जवाफमा नेता गच्छदारले नेपाली कांग्रसको केन्द्रीय समितिको बैठक अहिले सम्पन्न नभएकाले महासमिति र महाधिवेशन कहिले बोलाउने भन्ने सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्