
४७ जनाको दरबन्दी रहेको सो कार्यालयमा ३० जना कर्मचारी छड्केमा परेका हुन् ।
सेवाग्राहीको गुनासोपछि सतर्कता केन्द्रको टोलीले छड्के अनुगमन गरेको हो ।
सतर्कता केन्द्रले राजधानीका विभिन्न सरकारी कार्यालयमा गत फागनुदेखि चैत १४ गतेसम्म गरेको छड्केमा ५०० भन्दा बढी कर्मचारी परिसकेको केन्द्रका प्रवक्ता विष्णु लामिछानेले बताए ।
सिंहदरबार क्षेत्रलगायतका सरकारी कार्यालयमा निजामती कर्मचारीले मापदन्डअनुरुपको पोसाकसमेत नलगाएको र समयमा कार्यालयमा नपुग्ने गरेको पाइएको पनि उनले बताए ।
उनकाअनुसार राष्ट्रिय सतर्कता केन्द्रमा २०० भन्दा बढी कर्मचारी आवश्यक रहेकामा अहिले २३ प्रहरी र ८३ निजामती कर्मचारीमात्रै रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्