
कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना४ख ८८४९ नम्बरको बसभित्र उनी मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।
कन्चनपुरको शुक्लाफाँटा राष्ट्रि«य निकुञ्जकोे अर्जुनी चेकपोस्टमा बसको बोनटमा सुतेका थापा चेकजाँचकाक्रममा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो ।
थापा कास्कीको पोखरास्थित विद्युत्गृहमा मजदुरकारुपमा काम गरी घर फर्कंदै थिए ।
मृतक थापासँगै उनका दुईजना आफन्तसमेत रहे पनि मृत्यु भएको उनीहरुलेसमेत थाहा पाएका थिएनन् ।
थापा लामो समयदेखि क्षयरोगलेग्रस्त रहेको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्