
उनी कर्णाली प्रदेशले आयोजना गरेको ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न राराताल जाने कार्यक्रम रहेकाले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातौं महाधिवेशनको बुधबार राधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन् ।
‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु’–प्रधानमन्त्री ओलीले भने–‘राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।’
समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकारजस्तो नियमित नीति र गतिमामात्र सन्चालन नहुने पनि बताए ।
‘यो सरकार भिन्न नीति र गतिमा सन्चालन हुन्छ । यो सरकारले नेपाल बनाउँछ । केही वर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्वीट्जरल्यान्डजस्तो भन्नेछन्’–उनले भने ।
वर्तमान सरकार जनताको सेवक भएकाले कसैलाई दमन नगर्ने उनले बताए । तर, हत्या, हिंसा, चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरुलाई नछाड्ने चेतावनी पनि प्रधानमन्त्री ओलीले दिए ।
उनले भने–‘सरकार जनताको सेवक हो, कसैलाई दमन गर्दैन । तर, जनतालाई दुःख दिने, आतंक फैलाउनेहरुलाई चाहिँ छोड्दैन ।’
प्रतिक्रिया दिनुहोस्