३० असार २०८२, सोमबार | Tue Jul 15 2025


प्रदेश–५ सरकारद्वारा वेबसाइट र एप्स सार्वजनिक


0
Shares

वेबसाइट र एप्सको बुधबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शंकर पोखरेलले सार्वजनिक गरे ।

मुख्यमन्त्रीको नामबाट बनेको वेबसाइटमार्फत् नागरिकहरु सीधै मुख्यमन्त्रीसँग जोडिनसक्ने जनाइएको छ ।

सामान्य नागरिकहरुले पनि वेबसाइट र मोबाइल एप्सबाट मुख्यमन्त्रीलाई गुनासो गर्नसक्ने छन् भने प्रदेशका योजनाहरुको जानकारी पाइने बताइएको छ ।

यो एप्लीकेसन र वेबसाइटको मद्दतबाट नागरिकले स्वस्फूर्तरुपमा विकासका गतिविधिको अनुगमन तथा मूल्यांकन गर्नसक्ने बताइएको छ ।

मुख्यमन्त्री पोखरेलले सुशासन र पारदर्शिताका लागि वेबसाइट र एप्स उपयोगी हुने विश्वास लिइएको बताए ।

‘प्रदेश ५ डटकम’ डोमेनको अनलाइन र एप्लीकेसनको नाम ‘प्रदेश ५’ रहेको छ ।