भक्तपुरमा टोनी हागनका फोटो प्रदर्शनी • Image Khabar Image Khabar


भक्तपुरमा टोनी हागनका फोटो प्रदर्शनी


Imagekhabar
१४ चैत्र २०७४, बुधबार १७:५८

भक्तपुरमा टोनी हागनका फोटो प्रदर्शनी

भक्तपुरको गछेंस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको ‘टोनी हागन हाउस’मा सुरु भएको प्रदर्शनीको हागनकी छोरी केट्रिन हागनले उद्घाटन गरिन् ।

काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायतका पुरातात्विक सम्पदा, ऐतिहासिक संरचनाहरु, ऐतिहासिक पोखरीहरु, विश्वसम्पदा सूचीमा रहेका दरबार स्क्वायरहरुका करिब ६० देखि ७० वर्षअघि टोनी हागनले खिचेका ५० ओटा तस्वीरहरु प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनी चैत १८ गतेसम्म चल्नेछ ।

टोनी हागनले युएन र नेपाल सरकारअन्तर्गत् रहेर नेपालमा १२ वर्षमा १४ हजार किलोमिटरको यात्रा गरेर नेपालको भूगोल र भूगर्भको अन्वेषण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्