२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


थ्रीस्टार मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा


0
Shares

बुधबार भएको क्वार्टरफाइनल खेलमा थ्रीस्टारले हिमालय फुटबल क्लब मलेसियालाई २–१ ले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलमा थ्रीस्टारलाई जित दिलाउनेक्रममा विदेशी खेलाडी लावल र मार्टिनले एक/एक गोल गरे ।

हिमालयका तर्फबाट तीर्थ बस्नेतले एक गोल फर्काए ।

खेलको ‘म्यान अफ दी म्याच’ थ्रीस्टारकै मार्टिन घोषित भए ।

बिहीबार हुने अन्तिम क्वार्टरफाइनल खेल मनाङ–मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।

बुटवलको रामनगरस्थित मानवज्ञान माविको मैदानमा जारी प्रतियोगिता मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नम्बर–५ ले आयोजना गरेको हो ।

१० टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेता टिमले नगद ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।