
सडक विस्तार पीडित संघर्ष समितिलगायतका संघ–संस्थाले आयोजना गरेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको हो ।
सोक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरी लाठीचार्जसमेत गरेको थियो ।
घाइते प्रदर्शनकारीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीहरुले विकासको नाममा ऐतिहासिक, पुरातात्विक, धार्मिक, साँस्कृतिक महत्वका बस्ती तथा सहर उठाउन नपाइने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्