१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मध्यपुर थिमि नगरपालिकामा प्रमुख र उपप्रमुखबीच चर्को विवाद


0
Shares

प्रमुख र उपप्रमुखबीचको विवाद सार्वजनिकरुपमै पोखिएपछि नगरपालिकाको काममासमेत समस्या भएको छ ।

विवादका कारण बुधबार नगरपालिकाको २१औं स्थापना दिवससमेत छुट्टाछुट्टैरुपमा आयोजना गरियो ।

नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मीले पत्रकार सम्मेलन गरेर बहुमत कार्यपालिकाका सदस्यलाई बेवास्ता गर्दै प्रमुख अघि बढेको आरोप लगाएकी छन् ।

उपप्रमुख मधिकर्मीले स्थापना दिवसको अवसरमा नगरपालिकाले सन्चालन गर्दै आएको नेपाल–कोरिया मैत्री अस्पतालका बिरामीलाई फलफूल वितरण गरिन् भने नगरप्रमुख मदनसुन्दर श्रेष्ठले औपचारिक कार्यक्रम आयोजना गरे ।

नगरप्रमुख श्रेष्ठले आयोजना गरेको कार्यक्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सचिव दिनेश थपलिया सहभागी हुने कार्यक्रमसमेत विवादका कारण स्थगित हुन पुग्यो ।