२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सिंगापुरलाई बिर्साउने गरी देश विकास गर्ने प्रधानमन्त्री ओलीको उद्घोष


0
Shares

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातौं महाधिवेशनको बुधबार राधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशलाई पर्यटनको केन्द्र बनाएर समृद्ध नेपाल बनाउने दाबी गरे ।

आगामी नयाँवर्षको पहिलो दिन मुगुको रारातालबाट पर्यटनको बिगुल बजाउँदै पर्यटन वर्षको सुरुआत गर्ने उनको भनाइ थियो ।

चैतको अन्तिम दिन राराताल पुगेर त्रिपालमा बास बस्ने उनले उल्लेख गरे ।

उनले नेपालमा पाइने एकसिङे गैंडालाई विश्व प्रसिद्ध बनाउने पनि बताए ।

उनले ‘अब चिसोका कारण कुनैपनि नेपालीले मर्नुपर्दैन’–भने ।

जिफन्टको महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पनि चयन गर्नेछ ।