
भारतले ढल्केवर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो ।
भारतले प्रतियुनिट ३.६० भारुमा दिदैं आएको बिजुलीको भाउ बढाएर ३.९८ भारु बनाएको छ । ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत वृद्धि हुनेगरी सम्झौता गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्