२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दक्षिणकालीको भन्ज्याङमा बस दुर्घटना, दुईको मृत्यु, ३१ घाइते


0
Shares

बिहीबार (आज) बिहान फर्पिङबाट–रत्नापार्क आउँदै गरेको बा२ख ९९९९ नम्बरको यात्रीबाहक बस भन्ज्याङ भन्ने ठाउँमा दुर्घटना हुँदा दक्षिणकाली नगरपालिका–५ का ४२ वर्षीया मन्जु बस्नेत र सोही ठाउँका २५ वर्षीय सुनिल श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनाबाट घाइते भएका उनीहरुलाई उपचारका लागि बयोधा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बसको अगाडिको चक्का फुत्केर भएको दुर्घटनामा ३१ जना घाइते भएको जानकारी दिए ।

घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस दुर्घटनापछि अहिले सोही रुट भएर चल्ने सवारी–साधन रोकिएका छन् । रासस