१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सचिव नहुँदा समस्या


0
Shares

मन्त्रालयका सचिव राजनराज पाण्डेय कार्यालयमा उपस्थित नहुँदा काम गर्न समस्या भएको कर्मचारीहरुले गुनासो गरेका हुन् ।

सचिव नआउँदा मन्त्रालयको आर्थिक कारोबार ठप्प रहेको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले बताए ।

सचिव नभएकैले मन्त्रालयका धेरै काम अगाडि बढाउन नसकिएको उनको भनाइ छ ।

सचिव पाण्डेय उपस्थित हुनसक्ने अवस्था नभए विकल्प खोज्नका लागि केन्द्र सरकारलाई आग्रह गरिएको उनले जानकारी दिए ।