२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


जंगलमा शव भेटियो


0
Shares

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहकाअनुसार बिहीबार बिहान वडा नम्बर–१२ स्थित पिप्लेतइजे भन्ने जंगलमा घाँस काट्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेको र सो ठाउँमा प्रहरीको टोली पुगेर शवलाई परीक्षणका लागि अस्पताल लगिएको छ ।

‘शवको प्रकृति हेर्दा करिब एक हप्ता जति अगाडिकोजस्तो देखिन्छ’–प्रहरी निरीक्षक शाहले भने–‘अन्दाजी ६०/६५ वर्षको पुरुषको शवलाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।’

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस