
पासाङ ल्हमु प्रतिष्ठानसँगको सहकार्यमा गरिने प्रतियोगिता आगामी वैशाख १९ गते पासाङ ल्हमु स्पोर्ट क्लाइम्बिङ सेन्टर धुम्बाराहीमा हुनेछ ।
लिड क्लाइम्बिङ कम्पिटिसन र टप रोप कम्पिटिसन गरी दुई विधामा हुने प्रतियोगितामा महिला तथा पुरुष गरी १०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ ।
प्रतियोगिताका सबै विधामा पहिलो, दोस्रो तथा तेस्रो हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
दुई वर्षअघि गएको भूकम्पमा परी ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा प्रतियोगिता गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्