जनप्रतिनिधिहरुको सेवा–सुविधासम्बन्धी विधेयकमाथि प्रदेशसभमा छलफल सुरु • Image Khabar Image Khabar


जनप्रतिनिधिहरुको सेवा–सुविधासम्बन्धी विधेयकमाथि प्रदेशसभमा छलफल सुरु


Imagekhabar
१५ चैत्र २०७४, बिहीबार १९:०६

जनप्रतिनिधिहरुको सेवा–सुविधासम्बन्धी विधेयकमाथि प्रदेशसभमा छलफल सुरु

बिहीबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले विधेयक प्रस्तुत् गरेका हुन् ।

विधेयकमा गाउँ, नगरपालिका र जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुको मासिक पारिश्रमिकको व्यवस्था गरिएको छ ।

विधेयकमा जिल्ला समन्वय समितिका प्रमुखले मासिक ४१ हजार, उपप्रमुखले ३६ हजार, उपमहानगर प्रमुखले ४० हजार र उपप्रमुखले ३५ हजार रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था गरिएको छ ।

त्यस्नै, नगरपालिकाका प्रमुखको मासिक ३५ हजार, उपप्रमुखको ३० हजार, गाउँपालिका प्रमुखको ३० हजार र उप्रमुखको २५ हजार रुपैयाँ तलब व्यवस्था गरिएको छ ।

प्रदेशसभामा बोल्दै सांसदहरुले स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई तलब दिनुपर्ने माग गरेका छन् ।

प्रदेशसभाको अर्काे बैठक यही चैत २५ गते बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्