
बिहीबार बिहान कुकुरले मुखमा च्यापेर मन्दिर क्षेत्रमा ल्याएको अवस्थामा मृत रेडपान्डा फेलापरेको हो ।
मृत रेडपान्डाको शरीरका विभिन्न भागमा चोट देखिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए ।
उक्त रेडपान्डालाई कुकुरले नै आक्रमण गरी मारेको हुनसक्ने अनुमान गरिएको छ ।
मृत रेडपान्डालाई मुचुल्का तयार पाथीभरा क्षेत्रमा नै गाडिएको बताइएको छ ।
पाथीभरा क्षेत्रलाई दुर्लभ एवं लजालु स्वाभावको रेडपान्डाको बासस्थानकारुपमा लिइन्छ ।
तस्वीरः हिमाली संरक्षण मञ्च ताप्लेजुङका रमेश राई ।
प्रतिक्रिया दिनुहोस्