४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


अक्षयकोष निर्माणका लागि गणेश इशाराले देशभर ‘एकल कमेडी शो’ गर्ने


0
Shares

काठमाडौं । हास्यब्यंग्य प्रस्तुती मार्फत सामाजिक सेवामा सक्रिय हांस्य कलाकार गणेश इशाराले अनाथ, असाहय तथा गरिब विद्यार्थीको शिक्षाका लागि अक्षयकोष निर्माणका लागि देशभर हांस्यब्यंग्य प्रहसन दिने भएका छन् ।

समाजसेवी वीरमाया राई (सोभोमा) को जन्म जयन्तीको अवसर पारेर पुस १४ गते धरानबाट प्रहसन सुरु गर्नेछन् ।  त्यसपछि उनले देशका प्रमुख शहरहरुमा ‘एकल कमेडी शो’ गर्ने जनाएका छन् ।

एकल प्रश्तुतीमार्फत समाजसेवी वीरमाया राई (सोभोमा) को नाममा अक्षयकोष खडा गरी शिक्षा, स्वास्थ्यका क्षेत्रमा खर्च गर्ने उनले जनाएका छन् । धरानबाट सुरु भएको उनको कमेडि यात्रा बुटबल, पोखरालगायतका शहरमा पनि हुनेछ ।

इशाराले विभन्न प्रहसन, चुटकिला तथा हाँस्यव्यङ्ग शैलीमा भाषण गर्ने कार्यक्रम छ ।  उनले आफ्नो १४ वर्षसम्म गरेका कमेडीलाई प्याकेजकै रुपमा प्रस्तुत गर्न लागेको जनाएका छन् ।

उनले यसअघि २०७१ सालमा काठमाडौंको नाचघरमा पहिलो एकल शो गरेका थिए । उनले हालसम्म गरेका स्टेज शो भने अनगिन्ती छन् ।

उनले यसअघि मुगु र रोल्पाबाहेकका सबै जिल्लामा स्टेजमा आफ्नो प्रस्तुती देखाइसकेका छन् ।

उनले पहिलोपटक दुर्गती नामक एल्वमबाट शेरबहादुर देउवा र माधबकुमार नेपालको आवाजलाई कपी गरेर हास्यव्यंग्य क्षेत्रमा आफ्नो आफ्नो कला प्रस्तुत गरेका थिए ।

वि.स. २०५३ सालमा भोजपुरबाट राजधानी भित्रिएका उनी सुरुमा गार्मेन्ट उद्योगमा मजदुरी गर्थे ।

गार्मेन्ट भित्रै विभिन्न क्यारिकेचर गर्दा गर्दै अब्बल कलाकारका रुपमा दरिएका इशाराका ‘दुर्गति’, ‘साँढेतन्त्र’, ‘सदन हल र भट्टी पसल उस्तै’, ‘भद्रगोल डटकम’ हास्यव्यङ्ग भिडियो एल्बम बजारमा छन् ।

हाँस्य व्यङ्ग र म्यूजिक भिडियो निर्देशनलाई सँगसगै लिएर हिडेका इशाराको ‘पूर्व जाने हो’ लोकदोहोरी एल्बम पनि बजारमा ल्याएका छन् ।

उनले निर्देशन गरेका करिब डेढ दर्जन म्यूजिक भिडियोहरु यतिबेला टेलिभिजन पर्दामा देख्न पाइन्छ ।

नेपाल तथा भारतका विभिन्न स्थानमा दर्जनौं पटक हास्यव्यङ्ग प्रहसन गरेका उनले  एकल सो का लागि प्रायोजक तथा सहयोगी हातहरुको खोजीमा रहेको बताउँछन् । 

उनले यसअघि खोटाङका मृगौला रोगी हस्तबहादुर तामाङ, भोजपुरकी सृजना राई, दोलखाकी कौशिका ठकुरी, झापाकी ललिता चाम्लिङ, भोजपुरका राजेन्द्र राईको मृगौला उपचारका लागि प्रहसनमार्फत आर्थिक सहयोग जुटाइसकेका छन् ।