२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सार्वजनिक बिदा कटौती गरेकोमा चेम्बर खुसी


0
Shares

चेम्बरले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी सरकारले सराहनीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरेको छ ।

आफूहरुले निरन्तर राख्दै आएको मागको सुनुवाइ गरी बिदा कटौती गरेकोमा चेम्बरले सरकारप्रति आभार व्यक्त गरेको छ ।

बढी सार्वजनिक बिदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्बरले बिदा कटौती गर्न सरकारसँग निरन्तररुपमा माग राख्दै आएको थियो ।

सरकारले वि.सं. २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरी बिदा कटौती गरेको हो ।

मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरिमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो । यसअघि, वर्षभरिमा १०४ दिन बिदा हुँदै आएको थियो ।