
महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार फागुन १ देखि चैत १३ भित्र काठमाडौंमा जबरजस्ती करणीका २६ उजुरी परेका छन् । मानव विकास सूचकांक उपल्लो बिन्दुमा रहेको जिल्ला मै बलात्कार घटनाको उक्लँदो ग्राफले अन्यत्रको अवस्था अकल्पनीय रहेको संकेत गर्छ ।
प्रहरीका अनुसार दर्ता भएका उजुरीका पीडितमा १० वर्ष मुनीका ३ बालिका छन् भने १० देखि १५ वर्ष उमेर समूहका ९ जना, १५ देखि २० वर्ष उमेर समूहका २ जना, २० देखि ५० वर्ष उमेर समूहका १० जना र ५० वर्ष माथिका एकजना महिला बलात्कारको सिकार भएका छन् ।
प्रहरीले दर्ता भएका २६ मुद्दाका २६ जना नै आरोपीलाई पक्राउ गरिसकेको जनाएको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्