स्थानीय तहबाट सडकका नयाँ ट्र्याकमा लगानी बन्द • Image Khabar Image Khabar


स्थानीय तहबाट सडकका नयाँ ट्र्याकमा लगानी बन्द


Imagekhabar
१६ चैत्र २०७४, शुक्रबार ०८:५३

स्थानीय तहबाट सडकका नयाँ ट्र्याकमा लगानी बन्द

तत्कालिन जिल्ला विकास समिति, गाविस तथा उपभोक्ता समितिमार्फत प्राविधिक ब्यवस्थापन विना खनिएका सडकको मर्मतसम्भार र स्तरोन्नतिमा हुने खर्च रोकेर निश्चित संख्याका प्राथमिकता प्राप्त सडकमा मात्रै लगानी एकत्रित गर्ने भन्दै गाउँपालिकाले नयाँ ट्र्याकमा बजेट खर्च नगर्ने नियम बनाएको हो ।

सातवटा सडकलाई प्राथमिकतामा राखेर बिस्तार र स्तरोन्नति गरिरहेको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्वुले जानकारी दिए । गाउँपालिका कार्यालयदेखि हरेक वडासम्म पुग्ने ६ वटा सडक प्राथमिकतामा छन् ।

जोरपाटी, चुलाचुली, काजीमान सडक विस्तार गरि १० मिटर चौडा बनाउने काम भइरहेको छ । यसैगरी परेवादिन र हात्तिखर्क सडक बिस्तार र स्तरोन्नतीको काम पनि धमाधम भइरहेको छ ।

२३ करोड रुपैयाँ बार्षिक बजेट रहेको गाउँपालिकामा चालु आर्थिक बर्षमा सडकका लागि तीन करोड दुई लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्