२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सप्तरीमा भएको बस दुर्घटनामा ५ जनाको मृत्यु


0
Shares

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनरुवामा हिजो साँझ भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रु सवार को १ ख २७९९ नम्बरको बस पल्टिएको हो ।

दुर्घटनामा परी बेचनीदेवी यादव, भुटनीदेवी यादव, सिक्किलदेवी साह, दिनेश रजक र उनकी श्रीमतीको मृत्यु भएको छ ।

दुर्घटनामा तीन दर्जनभन्दा बढी घाइते भएका छन् ।

गम्भीर घाइते ११ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने बाँकीको सगरमाथा अस्पतालमा उपचार भइरहेको छ ।