२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अस्थायी शिक्षकलाई स्थायी गर्ने परीक्षा स्थगित गर्न माग गर्दै चक्काजाम


0
Shares

काठमाडौं उपत्यकाका आरआर, त्रिचन्द्रलगायतका प्रमुख कलेज अगाडि आज विहान करिब एक घण्टासम्म विद्यार्थीले चक्काजाम गरे । चक्काजामले काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावित बनेको थियो ।

यही चैत २३ गते हुन लागेको अस्थायी शिक्षकको परीक्षा स्थगित गर्न माग गर्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघले प्रदर्शन गरेका हुन् ।

प्रमुख तीन विद्यार्थी संगठनले १७ गतेदेखि भने आम शैक्षिक हड्ताल गर्ने घोषणा गरेका छन् ।

यता निजी विद्यालयहरुको संस्था प्याब्सनले भने एसइई परीक्षाको बीचमै शैक्षिक हड्ताल गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । यही चैत ८ गतेबाट सुरु भएको यसइई परीक्षा चैत २० गते सकिँदैछ ।