२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सय दिने कार्ययोजना सार्वजनिक


0
Shares

आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै मन्त्री अधिकारीले तीन महिनाभित्र विमान खरिद प्रक्रिया शुरु गर्न सैद्धान्तिक निर्णय गराउने जानकारी दिए ।

आन्तरिक उडानलाई थप विस्तार गर्न नेपाल वायुसेवा निगमले विमान किन्नु पर्ने उनको भनाइ छ । निगमसँग रहेका ८ मध्ये ६ वटा विमान आन्तरिक उडानका लागि उपयुक्त रहेकाले अधिकतम क्षमताका साथ उडान भर्ने उनको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या न्यूनीकरण गर्ने र कम्तिमा दैनिक २१ घण्टा सन्चालनमा ल्याउने योजना पनि मन्त्री अधिकारीले सुनाए ।

आन्तरिक उडानलाई स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको काभ्रेको ठूलीचौरका साथै अरु विकल्पबारे पनि अध्ययन गर्ने उनले उल्लेख गरे । काष्ठमण्डप र रानीपोखरी निर्माणमा देखिएको विवाद तत्काल टुंगो लगाउने पनि उनले जनाए ।