Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेकपाले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने


0
Shares

काठमाडौं, मंसिर ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने निर्णय गरेको छ ।

नयाँ बन्ने विशेष जिल्ला कमिटीहरु अबदेखि छुट्टै विशेष प्रदेश कमिटीको हैसियतमा कमिटी गठन गरी त्यसको मातहतमा परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सन्चारकर्मीलाई जानकारी दिए ।

नेकपाका महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले बिहीबारको बैठकमा सो प्रस्ताव पेस गरेको थियो ।

प्रवक्ता श्रेष्ठले भने–‘प्रतिवेदनमाथि छलफल भयो । छलफल र सुझावका आधारमा आवश्यक पुनर्विचार गरी प्रतिवेदनलाई टुंगो लगाएको छ । टुंगो लागेको प्रतिवेदनलाई सचिवालयका तर्फबाट स्थायी समितिमा प्रस्तुत् गर्ने निर्णय भयो ।’

प्रवक्ता श्रेष्ठले प्रदेश कमिटीको एकीकरणको विषयलाई टुंगो लगाएपछि सांगठनिक एकीकरण र कार्यविभाजन हुने जानकारी दिए ।

साथै, अगामी बैठकमा सरकार, पार्टी र संसद सन्चालनसम्बन्धी समीक्षा गरी नयाँ कार्ययोजना बनाउने उनले बताए । रासस