२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अस्थायी शिक्षकको परीक्षा स्थगित


0
Shares

शुक्रबार एक सूचना सार्वजनिक गर्दै आयोगले तत्काललाई परीक्षा स्थगित गरिएको जनाएको हो ।

अस्थायी शिक्षकलाई स्थायी बनाउने परीक्षा स्थगनको माग राख्दै प्रमुख तीन विद्यार्थी संगठनले चक्काजाम, प्रदर्शनदेखि अनिश्चितकालीन शैक्षिक हडतालसम्मको कार्यक्रम ल्याएपछि आयोगले परीक्षा स्थगित गरेको हो ।

अपडेटअघिको समाचार तल पढ्नुहोस्

काठमाडौं, चैत १६ । अस्थायी शिक्षकको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख तीन विद्यार्थी संगठनले शुक्रबार काठमाडौंको माइतीघरमन्डलाअगाडि प्रदर्शन गरेका छन् ।

त्यसक्रममा उनीहरुले मध्याह्न १२ बजेदेखि १ बजेसम्म सो क्षेत्रमा एक घन्टा चक्काजामसमेत गरेका थिए ।

शिक्षक सेवा आयोगले यही चैत २३ गते लिन लागेको अस्थायी शिक्षकको परीक्षा स्थगित गर्नुपर्ने, शिक्षा ऐनको नवौं संशोधन खारेज गर्नुपर्ने, खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्नुपर्नेलगायतका माग उनीहरुको छ ।

शिक्षा ऐन नवौं संशोधनमा आन्तरिक प्रतिस्पर्धामा ७५ र खुला प्रतिस्पर्धामा २५ प्रतिशत कोटा छुट्याइएको छ । यस व्यवस्थाबाट नयाँ शिक्षाबाट दीक्षित जनशक्ति मारमा पर्ने भन्दै विद्यार्थीले विरोध गरेका हुन् ।

आठौं संशोधनमा भने खुलातर्फ ५१ र आन्तरिकतर्फ ४९ प्रतिशत कोटा निर्धारण गरिएको थियो ।

विद्यार्थीहरुले शुक्रबारै बिहान देशभरका क्याम्पसअगाडि प्रदर्शन र आधा घन्टा चक्काजाम गरेका थिए ।

सरकारलाई दबाब दिन तीनजना विद्यार्थी राजन लम्साल, मिलन बास्तोला र हेमराज थापा पाँच दिनदेखि आमरण अनशनमा छन् ।

विद्यार्थी संगठनले चैत १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने घोषणा गरेका छन् ।

यता, निजी विद्यालयहरुको संस्था प्याब्सनले भने एसइई परीक्षाको बीचमै शैक्षिक हड्ताल गर्ने निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ ।

यही चैत ८ गतेबाट सुरु भएको एसइई परीक्षा चैत २० गते सकिँदैछ ।