Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


खटाएको स्थानमा नजाने कर्मचारीको जागिर नै जान्छ : मन्त्री पण्डित


0
Shares

झापा, मंसिर ७ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खटाएको स्थानमा नजाने कर्मचारीको जागिर नै जाने दिन आउन लागेको बताएका छन् ।

शुक्रबार झापाको भद्रपुरमा जिल्ला समन्वय समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले कर्मचारी समायोजन अध्यादेश ‘क्याबिनेट’बाट लोकसेवा गएको र छिट्टै जारी हुने बताए ।

‘त्यसपछि खटाएको स्थानमा नजाने कर्मचारी जाने भनेको आफ्नो घर हो’– उनले भने ।

सरकार कर्मचारी समायोजनाका विषयमा गम्भीररुपमा लागेको दाबी गर्दै उनले अपुग हुने कर्मचारी लोकसेवा आयोगमार्फत् भर्ना गरिने बताए ।