
शनिबार राजधानीमा एक कार्यक्रम गर्दै एक कप चिया बराबरको रकम एक वर्षसम्म जम्मा गरी संकलित रकम आँखाका बिरामीको उपचारमा खर्च गर्ने लक्ष्य रहेको युवा नेत्र समाजले जानकारी गराएको छ ।
संस्थाका अध्यक्ष सिद्वार्थ रञ्जितले विभिन्न व्यक्तिहरुबाट संकलित रकम विपन्न एवं मोतिविन्दु भएका बिरामीहरुको उपचारमा खर्च गरिने जानकारी दिए ।
सो संस्थाले काठमाडौं, ललितपुर र भक्तपुरलगायतका स्थाहरुमा निःशुल्क आँखा शिविर सन्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्