Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सवारी दुुर्घटनाप्रति कांग्रेसद्वारा दुुःख व्यक्त


0
Shares

काठमाडौं, मंसिर ७ । नेपाली कांग्रेसले बिहीबार साँझ भएको बस दुुर्घटनाप्रति दुुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गरी डा. केआइ सिंह राजमार्गअन्तर्गत् डडेल्धुराको अमरगढी नगरपालिका–११ मा भएको दुर्घटनाप्रति दुुःख व्यक्त गरेको हो ।

बिहीबार साँझ विद्यालयको बस दुुर्घटना हुुँदा १८ जनाको मृत्युु भएको थियो भने २६ जना घाइते भएका थिए ।

यसैबीच, शुक्रबार दार्चुुलामा मिनिबस दुुर्घटना हुँदा दुुईजनाको मृत्युु हुनुुका साथै १९ जना घाइते भएको घटनाप्रति पनि कांग्रेसले दुुःख व्यक्त गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बस दुुर्घटनामा परी मृत्यु भएकाको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । साथै, उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

भर्त्सना

नेपाली कांग्रेसले सुनसरीको दुहवी नगरपालिका–९ का फिदाहुसेन मियाँको हत्याको भर्त्सना गरेको छ ।

शुक्रबार कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी निर्दोष व्यक्तिलाई दिनदाहाडै गोली हत्या गर्दा प्रहरी प्रशासनले तत्काल कुनै कारबाही गर्न नसक्नु र समयमै सूचना दिँदासमेत अपराधी पक्राउ गर्न नसक्नुले मुलुकमा दन्डहीनता बढेको जनाइएको छ ।

अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न र जनताको जीउधनको सुरक्षा गर्न कांग्रेसले सरकारसँग मागसमेत गरेको छ ।

अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन र मृतक मियाँलाई सहिद घोषणा गर्न तथा आमनागरिकको शान्ति–सुरक्षाको प्रत्याभूति गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

मियाँको यही मंसिर ५ गते बिहान सुनसरी, दुहवी नगरपालिका–९, रानीगाउँनजिकै अज्ञान समूहले गोली हानी हत्या गरेको थियो । रासस