२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


गण्डक पीडितले प्रधानमन्त्री ओलीलाई भेट्ने, भारतले क्षतिपूर्ति नदिएको गुनासो


0
Shares

प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा गण्डक पीडितहरु क्षतिपूर्तिका लागि ज्ञापनपत्रमार्फत भारतको ध्यानाकर्षण गराउन आईतबार काठमाडौं पुगेका हुन् ।

ओली चैत २३ गतेदेखि तीन दिने भारत भ्रमणमा जाँदै छन् । काठमाडौं पुगेका संघर्ष समितिका तीन सदस्यीय प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर क्षतिपूर्ति उपलब्ध गराउनका लागि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिका अध्यक्ष दुधनाथ गुप्ताले बताए ।

गण्डक बाँधका कारण २०५० सालदेखि २०६४ सालमा आएको बाढीले क्षति पुर्‍याएका गण्डक कमाण्ड क्षेत्रका १३ गाउँका ८ हजार ४ सय ६४ घरधुरीको कुल दुई अर्ब ९३ करोड ६० लाख रुपैयाँ भारतले क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउन बाँकी छ ।

गण्डक सम्झौताअनुसार गण्डकले पु¥याउने सबै क्षति भारतले उपलब्ध गराउनु पर्ने उल्लेख छ ।