२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु


0
Shares

माटो खनिरहेका बेला एक्कासि माथिबाट खसेको ढिस्कोले पुरिँदा शिवनाथ गाउँपालिका–६ बसेडीकी १५ वर्षीया लक्ष्मी सुतारको मृत्यु भएको स्थानीयवासी गम्भीर दयालले जानकारी दिए ।

लक्ष्मी स्थानीय जिम्मेश्वर आधारभूत विद्यालय बसेडीमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

यसैगरी झाडापखाला र ज्वरोले थलिएकी पाटन नगरपालिका–९ बस्ने जगदीश भण्डारीकी तीन वर्षीया छोरी बबिताको मृत्यु भएको छ ।

बबितालाई एक्कासि ज्वरोसँगै झाडापखाला लागेको बालिकाका आफन्त नरेन्द्र कार्कीले बताए । ज्वरो र झाडापखालाले थला परेकी बबितालाई आइतबार उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । (रासस)