 
	    यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा गीत संगीत बजाएबापत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो । रोयल्टी रकम सवारीसाधन दर्ता तथा नविकरण गर्दा तिर्नुपर्नेछ ।
विभागका महानिर्देशक रुपनारायण भट्टराईले सार्वजनिक यातायातमा गीत संगीत अत्यधिक बज्ने भएकाले स्रष्टालाई राहत प्रदान गर्न रोयल्टीको व्यवस्था गरिएको बताए ।
गीत संगीत बजाएबापत ठूला बसले वार्षिक दुई हजार, मिनिबसले १४ सय, ट्रक÷ट्यांकरले १४ सय, माइक्रोबस, ट्याक्सी र जिपले एक हजार, पिकअप भ्यानले ९ सय र टेम्पोले ८ सय रोयल्टी तिर्नुपर्नेछ । –नागरिक दैनिकबाट


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्