
लामो समयदेखि रहिआएको यातायात क्षेत्रको सिन्डिकेट जनताको हितमा नभएको भन्दै गृहमन्त्री थापाले यसको अन्त्य गरिने बताए ।
सोमबार गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा गृहमन्त्री थापाले जनताको हितका लागि पनि सिन्डिकेट तोड्न आवश्यक रहेको बताए ।
राजनीतिक दलकै आडमा भ्रष्टाचार मौलाएको भन्दै गृहमन्त्री थापाले अब यसको अन्त्य गरिने पनि बताए ।
तस्करको प्रशासनसँग सीधा सम्बन्ध रहेको उनले दाबी गरे ।
राजनीतिक दलका नेताकै कारण तस्करले संरक्षण पाएको भन्दै गृहमन्त्री थापाले कानुनको रक्षा गर्ने ठेकेदार पनि तस्करसँग जोडिएको आरोप लगाए ।
गृहमन्त्री थापाले देश लुट्नेहरु बाहिरकामात्र नभइ देशभित्रै रहेको उल्लेख गरे । नेपालमा केही केजी नभइ टनका टन सुन तस्करी भइरहेको गृहमन्त्री थापाको जिकिर थियो ।
प्रतिक्रिया दिनुहोस्