
गत शनिबार मच्छिन्द्रनाथको मूर्तिलाई दूधले नुहाइदिएर आइतबार (हिजो) रथारोहण गरिएको थियो ।
एक सातासम्म चल्ने रथयात्राको पहिलो दिन सोमबार स्थानीय पिंगलदेखि नक्छेसम्म रथ तानिएको छ ।
अन्तिम दिन आगामी चैत २५ गते रथलाई पिंगलदेखि डोकुलढुंगा टोलसम्म पुर्याएर रथयात्रा समापन गरिनेछ ।
तत्कालीन मल्ल राजा जय वासुदेवले सुरु गरेको यो जात्रा हाल कालिञ्चोक युवा क्लबको सक्रियतामा हुँदै आएको छ ।
मच्छिन्द्रनाथको रथ तान्ने जात्रा मनाउँदा रोगव्याधि नलाग्ने, सुक्खायाममा पानी पर्ने जनविश्वास रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्