३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


दुर्घटनामा वडाध्यक्षसहित पाँच गम्भीर घाइते


0
Shares

जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट २५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जिप दुर्घटनामा परी आठबीस नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर सिँजापती गम्भीर घाइते भएका छन् ।

जिपमा सवार वडा नं ९ का लालबहादुर बडुवाल, नवीन बडुवाल, सूर्यबहादुर बडुवाल र कमल बडुवाल घाइते भएका छन् । उनीहरुको टाउको, आँखा र मुखमा गम्भीर चोट लागेको छ । चालक सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

सडकबाट जिप धेरै तल खसेकाले घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानरकारी दिएको छ । घाइतेको उपचारका लागि प्रदेश राजधानी सुर्खेततर्फ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । (रासस)