१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बोक्सीको आरोपमा कुटपिट गर्ने ६ जना पुर्पक्षका लागि थुनामा


0
Shares

घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते कुटपिट गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने भनिएका किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् ।

पीडित राधा भने सेती अञ्चल अस्पतालमा स्वास्थ्योपचारपछि केही दिनअघि घर फर्किसकेकी छन् । (रासस)