नेपाल–भारत सम्बन्ध कसैले बिगार्न चाहेर बिग्रँदैन : प्रधानमन्त्री ओली • Image Khabar Image Khabar


नेपाल–भारत सम्बन्ध कसैले बिगार्न चाहेर बिग्रँदैन : प्रधानमन्त्री ओली


Imagekhabar
२० चैत्र २०७४, मंगलवार १५:२८

नेपाल–भारत सम्बन्ध कसैले बिगार्न चाहेर बिग्रँदैन : प्रधानमन्त्री ओली

उनले छिमेकी भारत र चीनसँग समदुरीमा शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको प्रस्ट पारेका छन् ।

मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा जान लागेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्दैछन् ।

उनले विदेश नीतिको प्रस्थान विन्दु मित्रता हुने उल्लेख गर्दै मित्रता समानता र अहस्तक्षेपका आधारमा हुने पनि प्रस्ट गरे ।

नेपाल–भारतको सम्बन्ध कसैले बिगार्न चाहेर नबिग्रने भन्दै उनले भ्रमणकाक्रममा नयाँ सम्झौता गर्नेतिरभन्दा पनि पुराना सम्झौता कार्यान्वयन गराउनेमा केन्द्रित गरिने बताए ।

कृषि, जलमार्ग, विद्युत्, पारवहनलगायतका क्षेत्रमा नयाँ सम्भावनाहरु खोजिने प्रधानमन्त्री ओलीले बताए ।

चुलिएको व्यापार घाटा कसरी कम गर्न सकिन्छ भन्नेमा आफूले कुरा उठाउने उनको भनाइ छ ।

सार्क शिखर सम्मेलनका लागि वातावरण बनाउन भूमिका खेल्ने उनले उल्लेख गरे । क्षेत्रीय तनाव शिथिलता कम गराउन प्रयास गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्