Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


आन्दोलनमा संलग्न छैन : मध्य उपत्यका बस व्यवसायी संघ


0
Shares

सो संघले केही दिनयता कोटेश्वर पूर्व समन्वय समितिसँग आवद्ध संघ–समितिहरुले मयूर यातायात प्रालिको कोटेश्वरपूर्व भेगको सडक इजाजतपत्र खारेजीको माग राखी गरेको आन्दोलनमा आफ्नो नामसमेत मुछेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

मध्य उपत्यका बस व्यवसायी संघले मंगलबार एक विज्ञप्ति जारी गरी विगत तीन वर्षदेखि कोटेश्वर पूर्व यातायात समन्वय समितिमा आफू आवद्ध नरहेको प्रस्ट पारेको छ ।

उक्त आन्दोलनमा आफ्नो नाम नजोडिदिन अनुरोध गर्दै संघले भनेको छ–‘यस संघले सन्चालन गरेको कुनैपनि स्थानमा यातायात सेवा बन्द नरहेको सम्पूर्ण यात्री महानुभावहरुलाई जानकारीका लागि अनुरोध गर्दछौं ।’