१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


तेह्रथुम ४६औं साक्षर जिल्ला घोषित


0
Shares

जिल्लाका ९५.९८ प्रतिशत व्यक्ति साक्षर भएको तथ्यांकअनुसार मुख्यमन्त्री शेरधन राईले मंगलबार एक कार्यक्रमकाबीच साक्षर जिल्ला घोषणा गरेका हुन् ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरुमध्ये ९५.९८ प्रतिशत साक्षर रहेको जनाइएको छ ।

साक्षर जिल्ला घोषणा गर्दै मुख्यमन्त्री राईले विज्ञान र प्रविधिको क्षेत्रमा विश्वले फड्को मार्नेक्रममा साक्षरताको परिभाषा नै बदलिँदो अवस्थामा रहेको बताए ।

उनले राज्यको मोटो लगानी रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय लक्ष्मण तिवारी र तेजमान कन्दङवा तथा पूर्वसांसद तेजमान तुम्बाहाम्फेले भ्रष्टाचारमुक्त, सुशासनयुक्त र समृद्ध समाज निर्माणका लागि जनप्रतिनिधिहरुको ध्यान पुग्नुपर्ने धारणा राखे ।