पैदल यात्रुलाई बाटो काट्न सिकाउँदै ट्राफिक प्रहरी • Image Khabar Image Khabar


पैदल यात्रुलाई बाटो काट्न सिकाउँदै ट्राफिक प्रहरी


Imagekhabar
२१ चैत्र २०७४, बुधबार ११:१२

पैदल यात्रुलाई बाटो काट्न सिकाउँदै ट्राफिक प्रहरी

भैरहवाको बुद्ध चोक, देवकोटा चोकलगायतका स्थानहरुमा जेब्राक्रस भए पनि पैदलयात्रुले जथाभावी बाटो पार गर्ने गरेका छन् । यसले दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरी सक्रिय भएर बाटो काट्न सिकाउँदै हिँडेका हुन् ।

देवकोटा चोकको उत्तर र दक्षिणगरी दुवैतर्फ जेब्रा क्रस राखिए पनि अधिकांश पैदल यात्रु मूख्य चोकबाट नै बाटो पार गर्ने गरेका कारण चेतनामूलक कार्यक्रम गर्दै यात्रुहरुलाई जेब्राक्रसको प्रयोग गरी बाटो पार गर्न सिकाउन थालिएको हो ।

स्थानीयहरुमा जनचेतनाको कमी हुँदा जथाभावी बाटो काट्नेमात्र नभई जथाभावी बस रोक्ने प्रवित्ति पनि बढ्दो छ । अझ पैदल यात्रु हिंड्ने जेब्राक्रसमै बस रोक्दा यसले झन् दुर्घटना बढाएका कारण पैदय यात्रुलाई बाटो काट्न सिकाउदै हिंडेको प्रहरीले जानएको छ ।

ट्राफिक प्रहरीले दुर्घटनालाई न्यूनिकरण गर्ने प्रयास थालेको ट्राफिक प्रहरी निरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्