भारत भ्रमणबारे प्रधानमन्त्री ओलीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श • Image Khabar Image Khabar


भारत भ्रमणबारे प्रधानमन्त्री ओलीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श


Imagekhabar
२१ चैत्र २०७४, बुधबार १२:१२

भारत भ्रमणबारे प्रधानमन्त्री ओलीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणबारे सुझाव दिन बुधबार आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएको बैठकमा उनीहरुले पुराना सम्झौता कार्यान्वयन प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।

उनीहरुले पुराना सम्झौतामा समस्या देखिएको बेला नयाँ सम्झौता नगर्न पनि सुझाव दिएका छन् । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणलाई सद्भावना भ्रमणका रुपमा लिन आग्रह गर्दै प्राप्त सुझावलाई गम्भिरतापूर्वक लिएको बताए ।

बैठकपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिएको बताए ।

छलफलमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्दलगायत थिए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने बैठकमा सहभागी थिएनन् ।

छलफलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रवुद्ध वर्गका सदस्य तथा परराष्ट्र मामिलाका जानकार भेषबहादुर थापा, निलाम्बर आचार्यलगायत थिए ।

प्रतिक्रिया दिनुहोस्