२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश ५ का उद्योग, पर्यटन तथा वन मन्त्रालयका उपसचिवले गरे आत्महत्या


0
Shares

विगत लामो समयदेखि डिप्रेसनबाट पीडित अर्यालले सुसाईट नोट लेखेरै भैरहवास्थित सरकारी क्वाटरमा आत्महत्या गरेको रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

उनको शव कार्यालयको भवनमा रहेको क्वाटरको पंखा झुण्ड्याउने फलामको हुकमा झुण्डिएको अवस्थामा फेला परेको थियो । चितवन घर भएका अर्याल १२/१५ दिनदेखि भैरहवामै बस्दै आएका थिए ।

मंगलबार दिउँसो बिरामी छु भन्दै मन्त्रालयबाट क्वाटरमा आएका अर्याल एक्लै कोठामा बसेको र सँगै बस्ने साथीहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको कोठा खोलेर हेर्दा झुन्डिएको अवस्थामा शव फेला परेको बताइएको छ ।

अर्थालसँगै ३ जना उपसचिव बस्दै आएका थिए । गत बर्ष दाउन्नेमा भएको दुर्घटनामा परी छोरीको मृत्यु भएपछि अर्याल डिप्रेसनमा परेको बुझिएको छ ।

यता, प्रदेश नम्बर ५ का पर्यटन मन्त्री लिला गिरीले घटनाको आवश्यक छानविन गरी सत्यतथ्य बाहिर ल्याउने बताए ।