संसदीय दलको नेता छान्न राजपाले छलफल थाल्यो • Image Khabar Image Khabar


संसदीय दलको नेता छान्न राजपाले छलफल थाल्यो


Imagekhabar
२१ चैत्र २०७४, बुधबार १६:५७

संसदीय दलको नेता छान्न राजपाले छलफल थाल्यो

पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा बुधबार बसेको अध्यक्षमन्डलको बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल भएको हो ।

राजपा अध्यक्षमन्डलका सदस्य राजकिशोर यादवले बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको भावी रणनीति, केन्द्र तथा प्रदेश संसदीय दलको विधान निर्माणलगायतका विषयमा छलफल भएको जानकारी दिए ।

संसदीय दलको नेता छान्न बिहीबार (भोलि) संसदीय दलको बैठक बोलाउने राजपाको तयारी छ ।

सहमतिबाटै दलको नेता छान्ने प्रयास असफल भए निर्वाचनबाट नेता चयन गर्ने राजपाको तयारी छ ।

अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले दलको नेता बन्ने आकांक्षा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्