पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाशपछि रिक्त रहेको पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा न्यायाधीश चालिसेलाई न्याय परिषदको बैठकले संवैधानिक इजलासका लागि तोकेको हो । बुधबारदेखि संवैधानिक इजलास सुरु भएको छ ।
संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे रहेका छन् ।
सो इजलासमा प्रधानन्यायाधीश वा कामु प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश रहने व्यवस्था छ ।
संवैधानिक इजलासमा संवैधानिक मुद्दाको विषयमा देखिएका समस्यामा बहस हुने गर्छ । सो इजलासमा ४०० भन्दा बढी मुद्दा रहेका छन् । रासस









प्रतिक्रिया दिनुहोस्