Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय


0
Shares

काठमाडौं, मंसिर ६ । सरकारले विभिन्न कम्पनी र आयोजनाहरुलाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गत कात्तिक २९ गते र  मंसिर ३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् ।

जसअनुसार रोबस्ट इनर्जी लिमिटेडले मिष्ट्री दाना १३२ केभी प्रसारणलाइनको टावर निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने ६.२६ हेक्टर सरकारी वन २३ वर्षसम्म प्रयोग गर्नेछ ।

यस्तै, बलेफी हाइड्रोपावरलाई लाङटाङ राष्ट्रिय निकुञ्जको ५.५ हेक्टर वन क्षेत्र ३० वर्षसम्म प्रगोग गर्न दिइएको छ ।

सरकारले प्रत्येक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने, राष्ट्रिय ऊर्जा दक्षता रणनीति, २०७५ स्वीकृत गर्ने, विद्युत् प्रणाली विस्तार आयोजनाका बाँकी काम सम्पन्न गर्ने, एसियाली विकास बैंंकले प्रदान गर्ने दुई करोड अमेरिकी डलर बराबरको ऋण स्वीकार गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

यस्तै, नेपाली सेनालाई अन्तर्राष्ट्रिय मिलिट्री स्पोर्ट्स काउन्सिलको सदस्यता लिन स्वीकृति प्रदान गर्नेलगायतका २० ओटा निर्णयहरु गरेको पनि उनले बताए ।