२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वन कार्यालय कवाडीखानामा परिणत, करोडौंका सामग्रीको व्यवस्थापन हुन सकेन


0
Shares

कुहिएका काठ र बिग्रिएका सवारी साधनको व्यवस्थापन हुन नसक्दा वन कार्यालय नै कवाडीखाना जस्तै बनेको हो । तस्करीमा प्रयोग भएका सामग्री बरामद गरेर कार्यालय परिसरमै राखिएको छ ।

आठ वर्षदेखि बरामद गरिएका यस्ता सामग्रीको टुंगो लगाउन नसक्दा कार्यालय परिसर कवाडीखानामा परिणत भएको हो । दर्जनौं मुद्दाको टुंगो नलागेकाले कार्यालयको परिसर कुहिएका काठ र पुराना सवारी साधनले भरिएको दक्षिणी सेक्टर वन कार्यालय सुखानीका सहायक वन अधिकृत हरिनारायण मण्डलले बताए ।

अवैधरुपमा कटान गरिएको काठ र तस्करीमा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिएर वन कार्यालयमै राख्ने गरिएको छ । सुखानी र चलाचुलीस्थित वन कार्यालयमा सबैभन्दा बढी काठ थुपारिएको छ ।