पुलिसलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा, आज मनाङ मर्स्याङ्दी र थ्री स्टार भिड्ने • Image Khabar Image Khabar


पुलिसलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा, आज मनाङ मर्स्याङ्दी र थ्री स्टार भिड्ने


Imagekhabar
२२ चैत्र २०७४, बिहीबार ११:०६

पुलिसलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा, आज मनाङ मर्स्याङ्दी र थ्री स्टार भिड्ने

विराटनगरमा जारी प्रतियोगिताको उपाधि दाबेदार यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

यसअघि बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ४–२ गोलले पराजित गर्दै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

उसले शुक्रबार झापा–११ सँग प्रतिस्पर्धा गर्ने छ ।

निर्धारित ९० र थप गरिएको ३० मिनेटको समयमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । आर्मीको जितमा गोलरक्षक विकेश कुथुको भूमिका महत्वपूर्ण रह्यो । उनले पेनाल्टी सुटआउटमा नेपाल पुलिसको एउटा प्रहार रोकिदिएका थिए ।

आर्मीका तर्फबाट कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, दिपक गुरुङ र विवेक बस्नेतको प्रहारले जाली चुम्यो ।

पुलिसका सुमन लामा र दिनेश राजवंशीको प्रहारले मात्रै पोष्टको दिशा लिन सकेको थियो ।

खेलको म्यान अफ दि म्याच नेपाल पुलिसका रवि पासवान घोषित भए ।

प्रतिक्रिया दिनुहोस्