२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धनुषामा विस्फोट, घाँस काट्न गएकी महिला घाइते


0
Shares

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाधाम नगरपालिका–९ धारापानी भिमानमा विस्फोट भएको हो ।

राजमार्गभन्दा पाँचसय मिटरभित्र जंगल क्षेत्रमा बम विस्फोट भएको हो ।

धनुषाको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले विस्फोटमा परी स्थानीय ६० वर्षीया तीर्थमाया तामाङको हातमा गम्भीर चोट लागेको बताए । घाइते महिलालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

विस्फोटका बारे अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक सिंहले बताए । (रासस)